१३ बैशाख २०८१, बिहिबार

विधान संशोधन गरेर १५ सदस्यीय पदाधिकारी बनाउने माओवादीको तयारी


माओवादी संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान संशोधन गरेर १५ सदस्यीय पदाधिकारी बनाउने तयारी गरेको छ । पार्टीको राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा माओवादी केन्द्रले विधान संशोधनको तयारी गरेको हो ।

माओवादी केन्द्रको महाधिवेशन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । माओवादीको राष्ट्रिय सम्मेलनमा १५०० प्रतिनिधि सहभागी हुने बताएतापनि प्रतिनिधिको चयन भने गरिसकेको छैन ।

हाल माओवादी केन्द्रको विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएकोमा सो संख्यालाई बढाएर पदाधिकारीको संख्या बढीमा १५ सदस्यीय बनाउन लागिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !