८ बैशाख २०८१, शनिबार

एमसीसीबारे एकीकृत समाजवादीका नेताबीच छलफल


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमसिसीबारे पार्टीभित्र समान धारणा बनाउन शीर्ष नेताहरुबीच छलफल गरेको छ ।

आइतबार बिहान काठमाडौको होटल बसेरामा पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरुबीच अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल भएको हो ।

उक्त छलफलमा आजै बस्ने सर्वदलीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा र नेताहरुले सार्वजनिक रुपमा दिने अभिव्यक्तिमा एकरुपता हुनुपर्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !