१२ बैशाख २०८१, बुधबार

ओलीले दिएको टीके पद सल्लाहकार परिषद् सदस्य रावलद्वारा अस्वीकार


केपी शर्मा ओली र भीम रावल

काठमाडौँ । नेकपा (एमाले) का निवर्तमान उपाध्यक्ष एवं एमालेको १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार डा. भीमबहादुर रावलले आफूलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएकोमा कडा आपत्ति जनाएका छन् ।

रावलले सामाजिक संजाल ट्वीटरमा लेख्दै आफूलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनिएको भन्दै अप्रत्यक्ष रुपमा उनले सो पद अस्वीकार गरेका छन् ।

यदि पार्टीले आफूलाई सो पदको जिम्मेवारी दिएको सत्य हो भने सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक रहेको बताएका छन् । उनले यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

एमालेको १० राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवार दिएका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।अध्यक्षमा पराजित भएपनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने सो पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकार सदस्यमा राखिएको एमालेले बताएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !