४ बैशाख २०८१, मंगलबार

ज्ञानेन्द्र र प्रचण्डबीचको सहमति बाहिर ल्याइदिन पत्रकारहरुलाई महासचिवको आग्रह


शङ्कर पोखरेल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भएको भनिएको सहमति खोजेर सार्वजनिक गरिदिन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

केही दिनअघि केपी शर्मा ओलीले पूर्वराजा शाह र प्रचण्डबीच २०६० साल मंसिर १८ गते सहमति भएको बताएपछि महासचिव पोखरेलले सञ्चारकर्मीहरूलाई यस्तो आग्रह गरेका हुन् ।

शुक्रबार पार्टी केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !