७ बैशाख २०८१, शुक्रबार

सर्वदलीय बैठक बोलाउने तयारी


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उक्त भेटमा सदन सुचारु गर्ने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने समहमति भएको हो ।

अध्यक्ष प्रचण्डले नवनिर्वाचित कांग्रेस सभापति देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ ।

प्रचण्ड निकट एक नेताका अनुसार देउवा र प्रचण्डबीच संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !