१२ बैशाख २०८१, बुधबार

काँग्रेसको महिलातर्फ सहमहामन्त्रीमा देउवा प्यानलकी उपाध्याय निर्वाचित


महालक्ष्मी उपाध्याय 'डिना'

काठमाडौं । नेपाली कांग्रेसको महिलातर्फ सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलकी महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । कांग्रेस महिला सहमहामन्त्रीमा देउवा प्यानलकी उपाध्यायले २५३३ मत ल्याएर विजयी भएकी हुन् ।

उनकी निकटम प्रतिद्वन्द्वी डा. शेखर कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याएकी छन् । महिलातर्फबाट १ जना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था रहेको छ । यद्यपि काँग्रेस निर्वाचन समितिले मतपरिणाम भने औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !