८ बैशाख २०८१, शनिबार

महामन्त्रीमा गगन थापाको जित पक्का, ३९९० मत गन्दा थापाले पाए २५८१


गगन थापा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तरगत आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाको जित पक्का भएको छ । निर्वाचन समितिका अनुसार ३९९० मत गन्दा गगन थापाले सर्वाधिक मत पाएका छन् । गगन थापाले २५८१ मत पाएका छन् ।

४६७९ मत खसेकामा अब करिब ७ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !