१३ बैशाख २०८१, बिहिबार

१०७५ मत गन्दा गगनले ६७३ भोट पाए, दोस्रोमा विश्वप्रकाश


गगन थापा, विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।

निर्वाचन समितिका अनुसार १०७५ मत गन्दा गगन थापाले सर्वाधिक मत पाएका छन् । गगन थापाले ६७३, विश्वप्रकाश शर्माले ४३४ मत ल्याएका छन् भने प्रदिप पौडेलले ३४२ मत प्राप्त गरेका छन् ।

प्रकाशशरण महतले ३५३, मीनेन्द्र रिजालले १९४, राजाराम कार्कीले ३८ मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !