१३ बैशाख २०८१, बिहिबार

३०० मत गन्दा गगनले २०० भोट पाए, विश्वप्रकाशलाई उछिन्दै दोस्रोमा प्रदिप


गगन थापा, प्रदिप पौडेल, विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।

निर्वाचन समितिका अनुसार ३०० मत गन्दा गगन थापाले सर्वाधिक २०० मत पाएका छन् । त्यस्तैगरी विश्वप्रकाश शर्मालाई उछिन्दै प्रदिप पौडेलले ११० मत प्राप्त गरेका छन् । शर्माले १०४ मत ल्याएका छन् ।

निर्वाचन समितिका अनुसार प्रकाशशरण महतले ९१ र मीनेन्द्र रिजालले ५५ र राजाराम कार्कीले ५ मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !