१३ बैशाख २०८१, बिहिबार

कांग्रेस महाधिवेशन: महामन्त्री पदको मतगणना सुरु


पदाधिकारीको मतगणना

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस महामन्त्रीको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा महामन्त्री पदको मतगणना सुरु भएको हो ।

महामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् । त्यस्तैगरी शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् ।

प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् ।

उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !