७ बैशाख २०८१, शुक्रबार

ओलीलाई प्रचण्डको चुनौती : पूर्वराजासँग भएको भनिएको ५ बुँदे सहमति प्रमाणित गर्नुस्


प्रचण्ड र केपी ओली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग भएको भनिएको ५ बुँदे सहमति प्रमाणित गर्न र नसके माफी माग्न चुनौती दिएका छन् ।

‘प्रचण्ड’ले आज प्रेस विज्ञप्ति नै जारी गरेर पूर्वराजा ज्ञानेन्द्रसँग ५ बुँदे सहमति गरेको भन्ने प्रचार झुटो भएको दावी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक कार्यक्रममा बोल्दै २०६० साल मङ्सिर १८ गते प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा ५ बुँदे सहमति भएको र २ जना बीचको साँठगाँठमा उपद्रव मच्चाइएको अभिव्यक्ति दिएका थिए ।

प्रचण्डले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

पूँजी बजार बारेमा ओलीले गरेको टिप्पणीका बारेमा ओलीलाई जवाफ दिंदै प्रचण्डले भनेका छन्, ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुुनः प्रमाणित गरेका छन् ।’

प्रचण्डले थप भनेका छन्, ‘साथै मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’

यस्तो छ हेर्नुस् ‘प्रचण्ड’ले जारी गरेको प्रेस विज्ञप्ति

यस्तो छ हेर्नुस् ‘प्रचण्ड’ले जारी गरेको प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

प्रचण्डको दावी : आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !