१३ बैशाख २०८१, बिहिबार

काँग्रेस उपसभापतिको मतगणना शुरु, आज रातिसम्मै नतिजा आउने


पदाधिकारीको मतगणना

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिको मत परिणाम आजै सार्वजनिक हुने निर्वाचन समितिले बताएको छ । उपसभापतिमा महेश आचार्य, सुजाता कोइराला, पूर्णबहादुर खड्का, विजय गच्छदार, चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह प्रतिष्पर्धामा रहेका छन् ।

उपसभापतिमा २ जना निर्वाचित हुने व्यवस्था रहेको छ । काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !