१३ बैशाख २०८१, बिहिबार

ज्ञानेन्द्रले उधुम मच्चाउँदा प्रचण्डको साथ थियो : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच जनयुद्धकालीन समयमा साँठगाँठ भएको आरोप लगाएका छन् ।

बुधबार पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्डको सहयोगमा पूर्वराजा ज्ञानेन्द्रले दलहरूलाई किनारा लगाएर शासन हातमा लिएको आरोप लगाए । आफैँले घोषणा गरेर आफ्नै हातमा शासन लिएर ज्ञानेन्द्रले उधुम मच्चाएको बताए।

“ज्ञानेन्द्रले उधुम मच्चाउँदा प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर सहमतिका साथ त्यो उपद्रो भएको थियो ।”, उनले भने । ज्ञानेन्द्र र प्रचण्डबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको समेत ओलीले आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !