१३ बैशाख २०८१, बिहिबार

देउवा सभापतिमा निर्वाचित भएपछि गगनले लेखे यस्तो स्टाटस


गगन थापा

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई महामन्त्रीका उम्मेदवार गगन थापाले बधाई दिएका छन् ।

सभापतिका अर्का प्रतिद्वन्दी उम्मेदवार डा. शेखर कोइरालालाई हराएर देउवा विजय भएका हुन् । सभापति देउवा प्रतिस्पर्धी डा. कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भएका हुन् ।

दोस्रो चरणको निर्वाचनको मतपरिणामअनुसार देउवाले २७३३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका अध्यक्षका प्रतिद्वन्दी कोइरालाले १८५५ मत प्राप्त गरेका छन् ।

नेता थापाले आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गरेको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “आदरणीय @SherBDeuba
ज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !