महामन्त्रीमा गगन र विश्वप्रकाशले जित्ने फ्याक्ट्स नेपालको सर्वेक्षण Nepalpatra महामन्त्रीमा गगन र विश्वप्रकाशले जित्ने फ्याक्ट्स नेपालको सर्वेक्षण
९ जेष्ठ २०७९, सोमबार

महामन्त्रीमा गगन र विश्वप्रकाशले जित्ने फ्याक्ट्स नेपालको सर्वेक्षण


काठमाडौँ ।  फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसले गरेको सर्वेक्षण अनुसार नेपाली कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित हुने देखिन्छ । फ्याक्ट्स नेपालको सर्भेक्षण अनुसार महामन्त्रीमा गगन थापाले ४५, विश्वप्रकाश शर्माले २९, प्रदीप पौडेलले १०, प्रकाशशरण महतले ८, मिनेन्द्र रिजालले ७ र अन्यले १ प्रतिशत मत पाउने देखाएको छ ।

सभापतिका लागि शेरबहादुर देउवाले ४५, शेखर कोइरालाले ३८, प्रकाशमान सिंहले ९ र विमलेन्द्र निधिले ८ प्रतिशत मत पाउने देखिएको थियो । यही संस्थाले सभापतिका उम्मेदवारले कति मत पाउन सक्छन् भनेर गरेको सर्भेक्षण र अन्तिम नतिजा लगभग मिलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !