१२ बैशाख २०८१, बुधबार

काँग्रेस महाधिवेशन: पदाधिकारीको मतगणना आज दिउँसोबाट सुरू गर्ने


नेपाली काँग्रेस

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मंगलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हुन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् ।

यो सँगै अन्य पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना आजै दिउँसोबाट सुरू हुने भएको छ। निर्वाचन समितिका अनुसार आजै १ तहको मतगणना दिउँसोबाट सुरू हुने भएको छ ।

केही समय शारीरिक रूपमा रेष्ट गरेपछि पदाधिकारीबाट नै मतगणना सुरू गर्ने निर्वाचन समितिले बतायो । अन्य पदाधिकारीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !