१३ बैशाख २०८१, बिहिबार

काँग्रेस सभापतिको पुनःनिर्वाचनमा हालसम्म १३०० मत खस्यो


नेपाली काँग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको पुनःनिर्वाचनमा अहिले ५ बजेसम्म एक हजार ३०० मत खसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ ।

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि छ स्थान कायम गरिएको छ । मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आआफ्नो पक्षमा मत मागिरहेका छन् ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्याशी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनःनिर्वाचन भएकोे हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको समय व्यवस्थापन गरेको पार्टी केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !