११ बैशाख २०८१, मंगलबार

बागमती प्रदेश मन्त्रिपरिषद विस्तार, को-को बने मन्त्री ?


राजेन्द्र पाण्डे फाइल फोटो

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । सत्ता साझेदार दललाई समेटेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

मन्त्रिपरिषद विस्तार भएसँगै पाँच मन्त्री र एक राज्यमन्त्री थप भएका छन् । स्रोतका अनुसार श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपन्छी मन्त्रीमा वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल र कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै शपथ लिने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !