७ बैशाख २०८१, शुक्रबार

एमालेको अवरोधका बाबजुद संसद्मा ६ वटा अध्यादेश पेश


अग्नि प्रसाद सापकोटा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) आज पनि संसद् अवरोध जारी राखेको छ । एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक पुस ६ गते दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

एमालेको अवरोधका बाबजुद प्रतिनिधिसभामा आज ६ वटा अध्यादेश भने पेश भने भएको छ । यसअघि आज संघीय संसदको बैठक बस्नुअघि रणनीति बनाउन पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध जारी राख्ने स्पष्ट पारेका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८’सहित विभिन्न छ अध्यादेश पेश भएको छ । मन्त्री बडूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट ‘रेल्वे अध्यादेश, २०७८’ पनि पेश गरिन् ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच सञ्चालित बैठकमा गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गरे । मन्त्री बडूले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पनि पेश गरे ।

एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखलले त्यसको सुनुवाइ नगरेको आरोप लगाउँदै एमालेले संसद बैठक अबरुद्ध गर्दैै आएको छ । प्रतिनिधिसभाको अर्काे बैठक आगामी पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान रहेको छ । एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको यही मंसिर १६ गतेको निर्णय र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गरेकी थिइन् ।

यो पनि पढ्नुहोस्

एमालेको अवरोधका कारण संसद् बैठक पुस ६ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेको नाराबाजी

अब धम्की नदिए हुन्छ, नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन : ओली

एमालेले आज संसद् अवरोध जारी राख्ने ओलीको स्पष्टोक्ति

माओवादीले संसद्को अवरोध हटाउन पहल गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !