१३ बैशाख २०८१, बिहिबार

प्रतिनिधिलाई भेट्न प्रधानमन्त्री देउवा पुगे मतदान केन्द्र


देउवाको हारगुहार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सोमबार मतदान जारी छ । सभापतिका उम्मेदवार रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मतदातालाई भेट्न मतदान केन्द्रमा पुगेका छन् ।

सभापतिमा देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धी छन् । स्रोतका अनुसार राष्ट्रियसभा गृहमा राखिएको मतदान केन्द्रमा प्रतिनिधिहरु मतदान गर्ने गोप्य कक्षमा प्रवेश गर्ने ठाउँमा कुर्सी राखेर बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !