१२ बैशाख २०८१, बुधबार

कांग्रेस महाधिवेशनमा हुने मतदानमा रामचन्द्र पौडेल सहभागी नहुने


रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज हुन लागेको मतदानमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।

काँग्रेसको जारी महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उमेदवार तय गर्न नेताहरु सहमत नभएपछि असन्तुष्ट बनेका उनी आज मतदान गर्न नजाने उनको सचिवालयले बताएको छ ।

२४ गते भएको महाधिवेशन उद्घाटन समारोहमा सहभागी भए यता उनी महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी भएका छैनन् । हिजो शनिबार एक विज्ञप्ति जारी गर्दै उनले मझदारमा आएर आफू मैदानबाहिर रहेको बताएका थिए ।

देउवाले केहीदिन अघि मात्र वरिष्ठ नेता पौडेललाई बोहोराटारमा पुगेर भेटेका थिए । देउवासँगको भेटपछि रामचन्द्रले आफू महाधिवेशनमा मतदान नै गर्न नआउने बताएका थिए ।

देउवालाई आफूलाई सहयोग गर्न वा अरुहरुको पक्षमा नखुल्न आग्रह गरेका थिए । देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए । देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने र पौडेललाई राष्ट्रपति बनाउने आश्वासन दिएको पौडेलनिकट स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !