७ बैशाख २०८१, शुक्रबार

कांग्रेस महाधिवेशनवाट नयाँ नेतृत्व चयनका लागि मतदान आज हुँदै


कांग्रेस महाधिवेशन उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज सोमबार मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि नै मतदानको तयारी गरिएको छ ।

प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि ५ जना, दुई उपसभापतिका लागि ७ जना, दुई महामन्त्रीका लागि ६ जना र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् भने प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा २ जना निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन स्थानमा मतदान केन्द्र रहेका छन् । ती मतदान केन्द्रमा करिब ११०० बुथ व्यवस्था गरिएको छ ।

गत शुक्रबारबाट शुरु भएको महाधिवेशनमा आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि आज बिहान ८ बजेबाट साँझ ५ बजेसम्म मतदानको कार्यतालिका निर्धारण गरिएको हो ।

पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सकिएपछि सभापति पदको मतगणना शुरु गरिनेछ । पहिलो चरणमा सभापतिमा ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा निर्वाचन हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !