७ बैशाख २०८१, शुक्रबार

एमाले केन्द्रीय सदस्यमा विशाल भट्टराईसहित ४४ जना मनोनित


काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको छ ।

आइतबार बसेको बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको हो ।

खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ ।

मनोनीत हुनेमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईसहित ४४ जना नेता मनोनित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !