८ बैशाख २०८१, शनिबार

प्रमुख सचेतक विशाल भट्टराईलाई एमाले केन्द्रीय सदस्य बनाउने ओलीको प्रस्ताव


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनित गर्ने नेताहरुको नाम प्रस्ताव गरेका छन् ।

गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा जारी बैठकमा ओलीले प्रस्ताव गरेका नामहरूमा प्रमुख सचेतक विशाल भट्टराई, रमेश पौडेल, विशाल भट्टराई, ऐन महर, लालबाबु पण्डित लगायत ३९ जनाको नाम प्रस्ताव गरिएको स्रोतले बतायो । प्रस्तावित नाममाथि अहिले छलफल भइरहेको छ ।

एमालेको विधान अनुसार केन्द्रीय कमिटीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !