७ बैशाख २०८१, शुक्रबार

माओवादीको ‘सुपर जम्बो’ आयोजक समिति अझैं बढ्ने


maoist

काठमाडौं : गठन भएको भोलिपल्टै नेकपा माओवादी केन्द्रले शुक्रबार बेपत्ता योद्धा स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालयमा एउटा कार्यक्रम आयोजना गर्‌यो।

पार्टीको पहिलो कार्यक्रममा नै उनले ६९९ जनाको जम्बो केन्द्रीय समितिको बचाउ गर्नुपर्‌यो। पार्टीको केन्द्रीय समिति महाधिवेशन सम्मका लागि ठूलो बनाउने आवश्यकता र बाध्यता दुबै परेको बताउँदै उनले यो समिति पनि सानो हुने तर्क गरे।

सात सयको केन्द्रीय समिति ४ हजार गाउँका लागि सानो हुन्छ । प्रत्येक गाउँमा एक जना बस्ने भन्यो भने केन्द्रीय समिति त सानो हुन्छ,

उनले अब गाउँ गाउँ र टोल टोलमा जाँदा सबैभन्दा पहिले सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग, जेलनेल भोगेकाहरुलाई पहिलो सम्पर्क गर्ने र उनीहरुको स्थिति बुझ्ने र उनीहरुका लागि के गर्न सकिन्छ त्यो गर्नेबाट सुरु गर्ने बताए।

यतिबेला नयाँ संकल्प गर्दै हिजोका गल्ती कमजोरी नदोहाराउने उनले बताए।

त्यसैगरी नेता रामबहादुर थापा बादलले आफूलाई बेपत्ता पारेर नेतृत्वलाई रक्षा गरेका योद्धाहरुको सपनालाई निरन्तरता दिने प्रक्रिया आजको दिन भएको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !