४ बैशाख २०८१, मंगलबार

पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न नभए व्यापार गर्न अध्यक्ष नेपालको सुझाव


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूवराजा ज्ञानेन्द्रलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै पनि सम्भावना नभएको बताएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बरु पार्टी खोल्न वा व्यापारमा लाग्न सुझाव दिएका छन् । नेपालले भने, “राजाले पनि पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ । नेपालको रक्षा हामीले गर्न सक्छौँ । लोकतन्त्रलाई सुदृढ गर्ने काम हामी गर्न सक्नेछौँ ।”

नेपालले नेपालको संकेत राम्रो नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताएका हुन् । उनले प्रतिगामी तत्त्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न र नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी समेत गरे । उनले भने, ‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु