१२ बैशाख २०८१, बुधबार

प्रकाशमान सिंहले भने- पार्टी सभापति पदमा मेरो दाबी कायमै छ


प्रकाशमान सिंह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको दावी गरेका छन् । नेता सिंहले १४औं महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने दावी गरेका हुन् ।

बिहीबार नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उनले कांग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन सभापतिमा आफूले दाबी गरेको बताए ।

संस्थापनइतर समूहबाट सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला आकांक्षी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !