१२ बैशाख २०८१, बुधबार

सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने सभापति देउवाको दावी


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले पार्टीको १४औं महाधिवेशनमा सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने बताए ।

सहमहामन्त्री डा. प्रकाशहरण महतले लेखेको पुस्तक बिहीबार विमोचन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आग्रह गरे ।

देउवाले १४औं महाधिवेशन नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले भने, “यसलाई सफल पारेर फर्किएर यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई बहुमत पार्टी बनाउन लाग्न साथीहरू लाग्नेछन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !