७ बैशाख २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै


केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हिजो एक प्रेस विज्ञप्ति नै जारी गरेर बैठक आज विहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन् ।

कांग्रेसले १४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा भोलि शुक्रबारदेखि शुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !