७ बैशाख २०८१, शुक्रबार

ओलीलाई ज्ञापनपत्र बुझाउन कानुन व्यवसायी बालकोट जाँदै


केपी शर्मा ओली

काठमाडौं । नेपाल बार एसोसिएसनको टोली नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले ओलीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

स्रोतका अनुसार नेपाल बारको नेतृत्वमा दिउँसो साढे १२ बजे ओलीलाई बालकोटमा भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ । नेपाल बारसहित सर्वोच्च बारका पदाधिकारी समेत जाने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !