१२ बैशाख २०८१, बुधबार

को हुन् पृथ्वी सुब्बा गुरुङ ?


Prithvi Subba Gurung

पृष्ठभूमि र जन्म

प्रदेश नम्बर ४ को मुख्यमन्त्री हुन् पृथ्वी सुब्बा गुरुङ । बि.स. २०१४ साल फागुन २ मा बुबा स्व. गंगाप्रसाद गुरुङ र आमा स्व. चिनी गुरुङ्गको कोखबाट लमजुङको क्व्होलासोंथर गाउँपालिका-९ मा उनको जन्म भएको हो । गृह जिल्लाकै इशानेश्वर प्रमोद हाइ स्कुल, भोर्लेटारबाट २०३० सालमा एस.एल.सी दिनुभएको गुरुङले अमृत साइन्स क्याम्पस काठमाडौंबाट २०३४ सालमा विज्ञान विषयमा स्नातक तह पास गर्नुभएको हो । अनेरास्ववियूको तर्फबाट स्ववियू सचिवमा निर्वाचित भएपछि उहाँ औपचारिक रुपमा राजनितिमा लागेका उनी २०३५ सालबाट पार्टी राजनीतिमा सक्रिय लागेका हुन्  ।

२०५४ मा नेपालगञ्जमा भएको पार्टीको छैटौं महाधिवेशनबाट नेकपा (एमाले) केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित भएका गुरुङले २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भएर जिम्मेवारी बहन गरेका थिए । गुरुङ २०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका हुन् । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका गुरुङले २०७४ को प्रदेश निर्वाचनमा लमजङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी हुँदै मुख्यमन्त्रीको जिम्मेवारी समालिरहेका छन् ।

शिक्षा

गृह जिल्लाकै इशानेश्वर प्रमोद हाइ स्कुल, भोर्लेटारबाट २०३० सालमा एस.एल.सी दिएका गुरुङले अमृत साइन्स क्याम्पस काठमाडौंबाट २०३४ सालमा विज्ञान विषयमा स्नातक तह पास गरेका छन् । विज्ञानमा स्नातक गरेका गुरुङ सुरुमा शिक्षण पेशामा आवद्ध थिए ।

राजनीतिक यात्रा

२०२७ सालमा इशानेश्वर प्रमोद हाइ स्कुल, भोर्लेटारमा रहँदा अनेरास्ववियूको तर्फबाट स्ववियू सचिवमा निर्वाचित भएपछि उहाँ औपचारिक रुपमा राजनितिमा लागेका गुरुङ २०३५ सालमा मध्य–उत्तर इलाका पार्टी सक्रिय दल नेकपा (माले) लमजुङको सदस्यको रुपमा संगठित भएका थिए । २०३७ साल फागुन ७ गते नेकपा (माले) को पार्टी सदस्यता प्राप्त गरेका थिए ।

२०४० मंसिरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा उनी निवार्चित भएका थिए । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उनी पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा समेत परेका थिए ।

२०४८ मा भएको प्रथम जिल्ला अधिवेशनबाट नेकपा (एमाले) जिल्ला कमिटी सचिवमा निर्वाचित भएका उनी २०५४ मा नेपालगञ्जमा भएको पार्टीको छैटौं महाधिवेशनबाट नेकपा (एमाले) केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित भएका थिए । २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भएर जिम्मेवारी बहन गरेका उनले २०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित हुने अवसर पाएका थिए ।

२०६४ सालको संविधान सभाको चुनावमा नेकपा एमालेबाट लमजुङ क्षेत्र नम्बर २ बाट विजयी उनी २०७० सालको संविधान सभाको चुनावमा भने पराजित भएका थिए ।

२०७४ मंसिर १० मा सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा लमजुङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै उनी मुख्यमन्त्री बन्न सफल भए ।

गुरुङले आदिवासी जनजाति महासंघको नेतृत्व समेत गरेका छन् । लमजुङमा कम्युनिष्ट राजनीतिको जगलाई बलियो बनाउन उनको भुमिकाको प्रशंसा हुने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !