८ बैशाख २०८१, शनिबार

काँग्रेस महाधिवेशन: केन्द्रीय सदस्यमा खतिवडाको उम्मेदवारी घोषणा


रामहरि खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा निकट उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् ।

सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरे पनि साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।

१३ औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्य पदमा पराजित भएका उनले केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !