७ बैशाख २०८१, शुक्रबार

काँग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी


अमरसिंह पुन

बुटवल । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन विजयी भएका ​छन् । संस्थापन शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै रामचन्द्र पौडेल पक्षबाट उम्मेदवार बनेका पुन विजयी भएका हुन ।

लुम्बिनी प्रदेशको सभापति पदमा पुनले ८५२, उनका निकटतम प्रतिद्वन्द्वी शाहले ७६७ मत प्राप्त गरेका छन् । पुनले शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भएका छन् ।

प्रदेश अधिवेशनमा १६३१ मत खसेको थियो । काँग्रेस प्रदेश सभापतिमा निर्वाचित पुन पूर्व राज्यमन्त्री, संविधान सदस्य एवं नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् भने शाह संघीय संसदको सार्वजनिक लेखा समिति सभापतिसमेत हुन् ।

उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भएका छन् । श्रेष्ठले ८४७ मत प्राप्त गरेका छन् भने खनालले ७९२ मत प्राप्त गरेका हुन् । यस्तै महामन्त्रीमा पनि पुन समूहकै विक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएका छन् । खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

त्यस्तै सहमहामन्त्रीमा विष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन् । खनालले सर्वाधिक ८६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७७६ मत प्राप्त गरेका हुन् । महिला सहमहामन्त्रीमा निमा गिरीले ८३० मत प्राप्त गरी विजयी भएकी छन् ।

यो पनि पढ्नुहोस्

काँग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी

काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !