८ बैशाख २०८१, शनिबार

काँग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी


उद्धव थापा

विराटनगर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश १ सभापतिमा देउवा-सिटौला पक्षका उद्धव थापा विजयी भएका ​छन् । संस्थापनइतर कोइराला-पौडेल पक्षका गुरुराज घिमिरेलाई पराजित गर्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट उम्मेदवार बनेका थापा विजयी भएका हुन ।

उनले कोइराला-पौडेल समूहका गुरु घिमिरेलाई २ मतले पराजित गरेका हुन् । थापालाई सभापति शेरबहादुर देउवा पक्षले पनि समर्थन गरेका थिए । सभापतिसहित अधिकांश पदमा देउवा-सिटौला पक्षले जितेको छ ।

प्रदेश १ को सभापति पदमा थापाले ८४४, उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले ८४२ मत प्राप्त गरेका छन् । प्रदेश अधिवेशनमा १७५२ मत खसेको थियो । उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई निर्वाचित भएका छन् ।

महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भए । थापा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन् । सहमहामन्त्रीमा प्रमिला गच्छदार, खङ्ग फागो र बिनोदकुमार बस्नेत निर्वाचित भएका छन् ।

थापा झापा जिल्लाका पूर्वसभापति हुन् भने घिमिरे केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वसभापति हुन । यद्यपि घिमिरेले पुन: गणनाको माग गर्दै निर्वाचन समितिमा निवदेन दिएपछि समितिले मतपरिणाम औपचारिक रुपमा घोषणा गरेको छैन ।

यो पनि पढ्नुहोस्

काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !