१२ बैशाख २०८१, बुधबार

सदनबाट नभए सडकबाट राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु : अध्यक्ष लिङ्देन


राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सदनबाट नभए सडकबाट राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउने घोषणा गरेका छन् । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको छ ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका हुन् ।

उनले सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता जनाएका लिङ्देनले पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने बताए ।

उनले नेतृत्वको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाउदै निवर्तमान अध्यक्ष कमल थापासहित पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको योगदान अझै पार्टीलाई आवश्यक रहेको बताए ।

उनले राप्रपामा थापाले पुर्‍याएको योदानको उच्च रहेको भन्दै निवर्तमान अध्यक्षत्रय थापा, जबरा र लोहनी अभिभावकको रूपमा मात्र होइन सक्रिय नेताको भूमिका पार्टीमा आवश्यक रहने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !