१३ बैशाख २०८१, बिहिबार

बाग्मतीमा संस्थापनलाई सिटौलाको समर्थन, बानियाँको जीतको सम्भावना बढ्यो


इन्द्र बानियाँ र भीमसेनदास प्रधान

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणको मतदान हुँदैछ । बाग्मतीको सभापतिमा संस्थापन शेरबहादुर देउवा पक्षलाई कृष्ण प्रसाद सिटौला पक्षका भीमसेनदास प्रधानले समर्थन गर्ने भएसंगै सभापतिका उम्मेदवार इन्द्र बानियाँको जीतको सम्भावना बढेको छ ।

बाग्मतीको सभापतिका लागि आज बिहान ११.३० बजेदेखि दोस्रो चरणको मतदान जारी रहेको छ । पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये बानियाँले ४८ प्रतिशत मात्रै मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट सभापतिको छिनोफानो लगाउन थालिएको हो ।

पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका भीमसेनदास प्रधानले सबैभन्दा धेरै मत ल्याउने बानियाँलाई समर्थन जनाएका छन् । प्रधानले १९७ मत ल्याएका थिए । उनी कृष्णप्रसाद सिटौला समूहबाट सभापतिमा उम्मेदवारी दिएका थिए ।

केन्द्रमा सभापति शेरबहादुर देउवा र सिटौलाबीच गठबन्धन छ । दोस्रो स्थानमा मत पाउने संस्थापन इतरका जगदीश्वरनरसिंह केसी र बानियाँबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !