१२ बैशाख २०८१, बुधबार

राप्रपाको महामन्त्रीमा रेखा थापाले उम्मेदवारी दिने


रेखा थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा नायिका रेखा थापा लड्ने भएकी छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनको प्यानलबाट थापाको उम्मेदवारी दिने भएकी हुन् ।

यसअघि राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी थापाले (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् । केही दिनअघि लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा थापा उनको पक्षमा खुलेकी थिइन् ।

राप्रपामा युवा पुस्ताको नेतृत्वको खाँचो रहेकाले उम्मेदवारी दिएको रेखाले बताइन् । रेखासँगै महामन्त्रीका लागि कमल थापाको प्यानलबाट कुन्ति शाहीले उम्मेदवारी घोषणा गरेकी छन् ।

राप्रपाको महामन्त्रीमा रेखा थापाले उम्मेदवारी दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !