८ बैशाख २०८१, शनिबार

काँग्रेस अधिवेशन : पौडेल पक्षद्वारा कर्णाली प्रदेश बहिस्कार


कांग्रेस महाधिवेशन

सुर्खेत । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत रामचन्द्र पौडेल पक्षले कर्णाली प्रदेश अधिवेशन बहिस्कार गरेको छ । सुर्खेतमा शुरु भएको कर्णालीको पहिलो अधिवेशन वरिष्ठ नेता पौडेल पक्षले बहिस्कार गरेको हो ।

संस्थापन (शेरबहादुर देउवा) पक्षका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला समेत रहेको सुर्खेतमा अधिवेशनको उद्घाटन सत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै संस्थापनइतर पौडेल पक्ष अनुपस्थित भएको हो ।

देउवा पक्षका जीवनबहादुर शाहीको नेतृत्वमा अधिवेशन संयोजन समिति गठन गरेको थियो । उद्घाटन सत्रमा कार्यक्रमको अतिथि आसन ग्रहणका लागि पौडेल पक्षका केन्द्रीय सदस्य हृदयराम थानी लगायतका नेता अनुपस्थित रहेका हुन् ।

काँग्रेसको सातवटै प्रदेशमा अधिवेशनको उद्घाटन आज भएको छ । प्रदेश अधिवेशनका लागि आजै बिहीबारबाट निर्वाचन प्रक्रिया शुरु हुँदैछ । आज र भोलि हुने प्रदेश अधिवेशनका लागि हरेक प्रदेशमा केन्द्रीय कार्यसमितिबाट नेताहरूले संयोजकको जिम्मेवारी पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !