७ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन स्थगित


नेपाली कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले १६ वटा जिल्ला अधिवेशन स्थगित गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका १६ वटा जिल्लाको अधिवेशन स्थगित गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ ।’

बाँकी रहेका १६ वटा जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !