८ बैशाख २०८१, शनिबार

लुम्बिनी सभापतिका लागि शाह र पुन भिड्ने


कांग्रेस महाधिवेशन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन रुपन्देहीको भैरहवामा आजदेखि शुरु हुँदै छ ।

लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुनलाई अघि सारेको छ । संस्थापन समूहले लुम्बिनीमा सांसद भरत कुमार शाहलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।

स्रोतका अनुसार रामचन्द्र पौडेल समूहले सभापतिमा अमरसिंह पुन रोल्पा, उपसभापतिमा भुवन श्रेष्ठ गुल्मी र अष्टभुजा पाठक रुपन्देहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसैगरी महामन्त्रीमा विक्रम खनाल नवलपरासी र सुरेन्द्रराज आचार्य कपिलवस्तु उम्मेदवार छन् । सहमहामन्त्रीका उम्मेदवारहरुमा खगराज पाण्डे दाङ, विष्णु मुस्कान अर्घाखाँची र निमा गिरी प्युठान रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !