८ बैशाख २०८१, शनिबार

एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त नमर्ने कमल थापाको दावी


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त नमर्ने बताएका छन् । पार्टीको एकता अधिवेशन उद्घाटनसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका छन् ।

उनले पार्टीको मूल्यांकन गर्नका लागि एउटा चुनावमात्र पर्याप्त नहुने बताए । कुनै बेला झण्डै दुई तिहाई जितेको माओवादी अहिले खुम्चिएको उदाहरण पनि उनले सुनाए ।

राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावबाट नदेखिने उनले बताए । उनले भने, “गत निर्वाचनको पूर्वसन्ध्यामा पार्टी विभाजित भयो । काँग्रेससँगको सहकार्यमा इमानदारिता भएन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !