७ बैशाख २०८१, शुक्रबार

गणना सकिएपछि मात्र मत परिणाम सार्वजनिक गरिने


एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि शुरु हुने

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत पदाधिकारी तथा केन्द्रीय समिति सदस्यका लागि भएको निर्वाचनको मत गणना जारी छ। मत परिणाम सबै मत गनिसकेपछि मात्र सार्वजनिक हुने जनाइएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार मत गणना जारी रहेको र चरणबद्ध रूपमा नभई एकै पटक सबै मत परिणाम सार्वजनिक गर्ने तयारी छ ।

बाहिर सार्वजनिक भएका मत परिणाम आधिकारिक नभएको र त्यसको सत्यता आफूहरूले पुष्टि गर्न नसक्ने निर्वाचन समितिले प्रस्ट पार्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !