१३ बैशाख २०८१, बिहिबार

राजेन्द्र लिङ्देनले भने, “म अध्यक्ष बन्दा दाइहरूले अपमानित हुनुपर्दैन”


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका दाइहरूले अपमानित हुनु नपर्ने बताएका छन् ।

लिङ्देनले देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले नै राप्रपालाई बलियो बनाउन आफूले नेतृत्वमा दाबी गरेको बताए । मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन्।

आफ्नो उम्मेदवारी कसैको विरोधमा नभएर देशको आवश्यकता, पार्टीको आवश्यकता र कार्यकर्ताको भावना अनुसार रहेको लिङ्देनले बताए । अहिलेकै अवस्थामा पार्टी अघि बढ्ने हो भने कुनै पार्टीको दलाली गरेर दुईचार वटा मन्त्री खाने पार्टीमात्र हुने उनले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु