काँग्रेस महाधिवेशन: उदयपुरको सभापतिमा कार्की विजयी Nepalpatra काँग्रेस महाधिवेशन: उदयपुरको सभापतिमा कार्की विजयी
१३ माघ २०७८, बिहिबार

काँग्रेस महाधिवेशन: उदयपुरको सभापतिमा कार्की विजयी


हिमाल कार्की

उदयपुर । नेपाली काँग्रेस उदयपुर जिल्ला सभापतिमाप्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्री हिमाल कार्की निर्वाचित भएका छन् । कार्की सभापतिमा शेरहादुर देउवा निकट मानिन्छन् हुन ।

कार्कीले ६७६ तथा उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गरे । बस्नेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष मानिन्छन् ।

स्रोतका अनुसार दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । उपसभातिमा भीमचन्द्र राई, सचिवमा मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी निर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !