११ बैशाख २०८१, मंगलबार

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकियो


एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि शुरु हुने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । स्रोतका अनुसार मंगलबार बिहानदेखि जारी मतदान साढे १० बजे सकिएको हो ।

एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । मतदान विद्युतीय मेसिनबाट गरिएको थियो । सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला गरी सुरु भएको थियो ।

त्यस्तैगरी उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् ।

सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट, पद्मा अर्याल भीम आचार्य र टंक कार्कीभिड्दैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !