१३ बैशाख २०८१, बिहिबार

कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिंदै


जीवनबहादुर शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिंदैछन् । आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।

आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले मंसीर १ गते प्रदेशसभा सचिवालयमार्फत बैठकको आह्वान गरिसकेको थियो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन् ।

सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन् । प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ । तर सत्तारुढ गठबन्धनसँग २३ मत रहेका छ । माओवादी केन्द्रको १२, कांग्रेसको ६ र समाजवादीका ३ जना सांसद छन् ।

आज बस्न लागेको प्रदेशसभाको बैठकमा चितवनमा जारी महाधिवेशनमा कारण नेकपा एमालेको सहभागी नहुँने भएको छ । दलका नेतादेखि सांसदसम्म सहभागी भएका र महाधिवेशन नसकिएकोले एमाले मंगलबारको बैठकमा सहभागी नहुने भएको हो ।

कर्णालीमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत वैशाख ३ गते सत्ता गठबन्धन दलसँग गरेको भद्र सहमतिमै रहेर गत कात्तिक १५ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो पनि पढ्नुहोस्

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !