७ बैशाख २०८१, शुक्रबार

एमाले महाधिवेशन: सचिवमा योगेश भट्टराईसहित ९ जनाको उम्मेदवारी


योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनमा सचिवमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारको प्रारम्भिक नामावली अनुसार सचिवमा भीम आचार्य, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल र टंक कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा २, उपाध्यक्षमा ७ उम्मेदवारी दर्ता भएको छ । त्यस्तैगरी सचिवमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ र घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तैगरी उपमहासचितमा प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु प्रसाद रिमाल निर्विरोध निर्वाचित भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !