११ बैशाख २०८१, मंगलबार

नवनिर्वाचित सभापति खड्काले गरे पार्टी कार्यालय निर्माणका लागि एक करोड रुपैयाँ दिने घोषणा


डम्बर खड्का

इलाम । नेपाली काँग्रेस इलामको पार्टी सभापति निर्वाचित भएका डम्बर खड्काले पार्टीको भवन निर्माणका लागि सहायोग गर्ने घोषणा गरेका छन्।

स्रोतका अनुसार उनले पार्टीको भवन निर्माणका लागि साढे पाँच आना जग्गा दिने घोषणा गरेका छन् ।

त्यस्तैगरी उनले पार्टी कार्यालय भवन निर्माणका लागि एक करोड रुपैयाँ दिने घोषणा गरेका थिए । करिब ९० लाख रुपैयाँ मूल्य बराबरको जग्गा पार्टी कार्यालयको भवन बनाउन दिने घोषणा गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !