६ बैशाख २०८१, बिहिबार

एमाले उपमहासचिवमा तीन नेता निर्विरोध


विष्णु रिमाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ

चितवन । नेकपा एमालेको उपमहासचिव पदमा तीनजना नेता निर्विरोध निर्वाचित भएका छन् ।

एक नेताका अनुसार मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी नपरेपछि उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

त्यस्तैगरी महासचिवम पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध निर्वाचित हुने भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित हुने भएका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !