१७ आश्विन २०८१, बिहीबार

एमाले सचिवमा भीम आचार्यले दर्ता गरे उम्मेदवारी


भीम आचार्य

चितवन । नेकपा एमालेको सचिव पदका लागि भीम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै बज बिहान आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।

एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा ओली र भीम रावलले उम्मेदवारी दर्ता दिएका छन् । ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !